Section 37
बैंक वा वित्तीय संस्थाको वर्गीकरण
बैंकिङ्ग तथा वित्तीय कारोबार गर्न दफा ३३ बमोजिम निवेदन दिने बैंक वा वित्तीय संस्थाको न्यूनतम चुक्ता पूँजी र त्यस्तो बैंक वा वित्तीय संस्थाले सञ्चालन गर्ने कारोबार तथा कार्यक्षेत्रको आधारमा राष्ट्र बैंकले बैंक वा वित्तीय संस्थालाई “क”, “ख”, “ग” वा “घ” वर्गमा वर्गीकरण गरी सोही बमोजिमको इजाजतपत्र सम्बन्धित बैंक वा वित्तीय संस्थालाई दिनेछ । तर पूर्वाधार विकास बैंक कुनै पनि वर्गमा समावेश हुने छैन ।